Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

त्रिलोक लघुवित्तले समूह सदस्यहरुलाई दियो चुरा बनाउने तालिम

२०७६ मंसिर २६ गते

बैंकिङ खबर । सुनवल–४ नवलपरासीमा केन्द्रीय कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलबस्तु वाणगंगा–७ मा रहेको शाखा कार्यलय बनगाई अन्तर्गतका आफ्ना समुह सदस्यहरुलाई दुई दिने चुरा कङ्गन बनाउने शीपमुलक तालिम प्रदान गरेको छ । संस्थाका योजना तथा तालिम बिभाग प्रमुख बिकास आचार्यको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

तालिम कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै संस्थाका प्रशासन तथा मानव संसाधन बिभाग प्रमुख केशरी राज निरौलाले बिपन्न वर्गलाई कर्जा मात्र दिएर लघुवित्त कार्यक्रमको उद्देश्य पुरा नहुने भएकाले शीप बिकासमा समेत निरन्तर योगदान गर्दै जानुपर्ने बताए ।

कार्यक्रम समापन पछि कार्यक्रमका सहभागिहरुले कार्यक्रम उपयोगी रहेको बताएका थिए । वाणगंगा–७ कपिलबस्तुमा रहेको सनराइज गार्डेन रिर्सोटमा सम्पन्न भएको तालिम कार्यक्रमको संयोजन संस्थाको बनगाई शाखाका शाखा प्रमुख रमेश के.सी ले गरेका थिए ।

Ad