Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तको २ दिने अगरबत्ती निर्माण तालिम सम्पन्न

२०७६ मंसिर २५ गते

बैैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बाणगंगा कपिलवस्तुले २ दिने अगरबत्ती निर्माण तालिम सम्पन्न गरेको छ । सिपको विकास गर्न र आर्थिक अवस्थामा सुधार ल्याउन यस संस्थाले आफ्ना ६० जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरेको हो । यही मंसिर २३ र २४ गते सञ्चालन गरेको उक्त तालिमको प्रशिक्षक विष्णु थापा र सँस्थाको बुटवल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक दिपक काउचा रहनु भएको थियो भने कार्यक्रम सञ्चालन शाखाका शाखा प्रमूख सन्तोष कुमार चौधरीले गर्नुभएको थियो ।
२ दिने तालिममा सिकेको कुरा आफु लगयत आफ्ना समुहका अन्य सदस्यहरुलाई सिकाई आत्म निर्भर बन्नसक्ने र आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउनसक्ने शाखा प्रमूख सन्तोष कुमार चौधरीले बताउनुभयो । ग्रामिण माहिलालाई व्यवहारिक र सरल तालिम दिई तिनीहरुको आर्थिक स्तर उकास्न सजिलो हुने भएकोले शाखामा आबद्ध सदस्यहरुलाई अगरबत्ती निर्माण तालिम दिएको कुरा शाखा प्रमूख चौधरीले बताउनुभयो । साथै आर्थिक कारोबार सँगसगै संस्थाले विभिन्न किसिमका समाजिक कार्यक्रम पनि गर्दै आएको संस्थाका क्षेत्रीय प्रबन्धक दिपक काउचाले जानकारी दिनुभयो ।साथै तालिममा सिकेका कुरालाई व्यवहरमा ल्याउँन अनुरोध गर्दै अगामी दिनमा यस्ता किसिमका अन्य तालिम प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Ad