Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्जेन्टिनाबाट नखेल्ने घोषणासँगै मेसीको तलब घट्ने  

२०७३ असार १३ गते

messiविश्वकै प्रभावशाली र महंगो खेलाडीका रुपमा चिनिएका मेसीले अब राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन् । अर्जेन्टिनाबाट खेल्दै आएका मेसीले आइतबार बिहान चिलीसंग भएको खेलमा पेनाल्टीमार्फत ४–२ को हार बेहोरेपछि अचानक यस्तो घोषणा गरे । जुन घोषणाले अर्जेन्टिनाका समर्थ र उनका फ्यानहरुलाई आश्चर्यमा पारेको छ । त्यतिमात्रै हैन, यो निर्णयले उनको भाउ पनि घटाउने निश्चित भएको छ । 

विश्वकै प्रभावशाली र महँगो खेलाडी मानिने मेसीले कति तलब खान्छन् ? 
बेलायती पत्रिका फोब्सले २०१६ मा मेसीलाई सर्वाधिक महंगो खेलाडीको रुपमा घोषणा गरेको थियो । उनको नेट वर्थ रेट २ सय ८० मिलियन डलर हो । मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोली र स्पेनिस क्लब बार्सिलोनाबाट गरेर महिनाको ४६.४८ मिलियन डलर रुपैयाँ तलब खाइरहेका छन् । उनले विज्ञापनमार्फत ४० मिलियन मडल बार्षिक आम्दानी गर्छन । अर्जेन्टिनाको राष्ट्रिय टोली छाड्ने वित्तिकै उनको सो तलबमा पनि कटौती हुने भएको छ । धेरै तलब खाने मेसी र उनका वित्तीय सल्लाहकार समेत रहेको उनका पितालाई स्पेनमा कर छली गरेको मुद्धा पनि लाग्दै आएको छ