काठमाडौं : नेपालले व्यवसाय गर्ने वातावरणमा सुधार गरेको छ। विश्व बैंकले हरेक वर्ष सार्वजनिक गर्दै आएको ‘डुइङ विजनेस’ रिपोर्टले नेपालमा लगानीको वातावरण सुधार भएको उल्लेख गरेको छ।
‘डुइङ विजनेस– २०२०’ मा नेपालले अघिल्लो वर्षको तुलनामा १६ अंक सुधार गरेर ९४ औं स्थानमा उक्लेको छ। यसअघि नेपाल ११० औं स्थानमा थियो। डुइङ विजनेसका १० सूचकांकमध्ये ५ मा सुधार, २ सूचकांक स्थिर र ३ ओटामा गिरावट आएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
भारतले अघिल्लो वर्षको तुलनामा १४ अंक सुधार गरी ६३ औं स्थानमा रहेको छ। यद्यपि व्यावसायिक वातावरण उल्लेख्य सुधार गर्ने २० देशहरुमा नेपाल समावेश छैन। छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेश उल्लेख्य सुधार गर्ने २० राष्ट्रभित्र परेका छन्। १९० राष्ट्रमध्ये डुइङ विजनेसमा नेपाल पहिलो पटक एकसय राष्ट्र भित्र पर्न सफल भएको हो। अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार