काठमाडौं । दोस्रो बजार निरन्तर घटिरहेको बेला १३ वटा कम्पनी आईपीओ ल्याउने तयारीमा छन् । चालू आर्थिक वर्ष सुरु भएसँगै १३ कम्पनीले आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले प्राथमिक सेयर आउनु राम्रो पक्ष भए पनि आहिले सप्लाई बढी भएर दोस्रो बजार घटिरहेका बेला अझै सेयर थपिनु उचित नभएको बताए । उनले भने, ‘बोर्डले सप्लाई बढाउने काम मात्रै ग¥यो डिमान्ड बढाउने कामै गरेन, यो अवस्थामा आईपीओ जारी गर्ने हो भने बजारमा अझ सप्लाई बढ्ने देखिन्छ ।’
उनले बजारमा राम्रो लाभांश लिने कम्पनीको सेयरसमेत आईपीओ कै मूल्यमा पाइरहेको हुँदा दास्रो बजारमा नै उचित कम्पनी छनोट गरेर लगानी गर्नु उचित भएको बताए । ‘अहिले लङ टर्म भ्यालु इन्भेस्टमेन्ट रिर्टनको समय हो, सेयर छानीछानी दोस्रो बजारमा लगानी गर्नोस् ।’
यी कम्पनीहरूले ४ अर्ब १८ करोड १५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड १८ लाख १५ हजार ५९६ कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति माग गरेका छन् । आइपीओ जारी गर्ने कम्पनीमध्ये तेह्रथुम पावर कम्पनीको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, सीईडीबी हाइड्रोपावर डेभलोपमेन्टको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता, शिवम् पावर कम्पनीको ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५८० कित्ता, इमर्जिङ नेपाल लिमिटेडको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता, ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको ३४ कराड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर जारी गर्ने अनुमति माग गरेका हुन् ।
त्यस्तै, लिबर्टी इनर्जी ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता, युनाइटेड आईडीआई मार्दी एन्ड आरबी हाइड्रोपावरको १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता, नेपाल रि–इन्स्योरेन्स कम्पनी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलोपमेन्ट कम्पनीको ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता, सिगँटी हाइड्रो इनर्जी कम्पनी ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता, सीबीआईएल क्यापिटल ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता, मैलुङ खोला जलविद्युत् कम्पनीको ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता सेयर र माउन्टेन इनर्जी नेपाल ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ ला ३६ हजार ५४ कित्ता सेयर निष्कासनको अनुमति माग गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले आईपीओ जारी गर्नुको सार्थ सेयरको माग र्सिजना गराउन एनआरएन लाई भिœयाउनुका साथै अनलाइन प्रणालीलाई देशैभरि सहज गराउने कार्य गरिरहेको बताए । कम्पनीहरूले निर्णय गरेर आईपीओमा आवेदन दिने हो हामीले कानुनमा भएको व्यवस्थाअनुसार अनुमति दिने हो बजारमा सप्लाई बढी छ भनेरै रोक्न मिल्दैन तर बजारको अवस्था हेरेर टाइमिङ भने मिलाउन सकिन्छ । माग बढाउने कुरामा हामीले एनआरएनले गरेको लगानी विदेशी मुद्रामै लाग्न मिल्नेगरी व्यवस्था गराउने प्रयासमा छौं । यो लागू गर्ने हो भने बजारमा सन्तुलन हुने देखिन्छ । राजधानी दैनिकमा प्रकाशित समाचार