Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

माछापुच्छ्रे बैंकले माग्यो ११५ जना कर्मचारी

२०७६ आश्विन ३० गते


स्मारीका अग्रवाल । बैंकिङ खबर । माछापुच्छ्रे बैंकले भारी संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट गरी ११५ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको हो ।
बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन खुल्ला गरेको छ । म्यानेजमेन्ट ट्रेनी पदका लागि म्यानेजमेन्टमा मास्टर्स डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवदेन दिन सक्नेछन्, भने ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि म्यानेजमेन्टमा ब्याचलर डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवेदन दिन सक्ने छन् । आवेदन दिन इच्छुकले कार्तिक १३ गते भित्रमा बैंकको वेबसाइटमा गएर अनलाइन फर्म भर्न सक्नेछन् ।

Ad