बिहिबार सुन ५ रुपैयाँ प्रतितोलाका दरले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, विहिबार छापावाल सुन तोलाको ५६ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ थियो भने तेजावी सुनको भाउ तोलाको ५६ हजार २ सय ५० रुपैयाँ थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि विहिबार प्रतितोला ५ रुपैयाँका दरले घटेको छ । बुधबार ७ सय ९० रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी बिहिबार ७ सय ९० रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय सुनको माग पनि घटिरहेको महासंघले जनाएको छ । वर्षाको समय सुन व्यापारको लागि अफ सिजन भएकाले सुन किन्नेको संख्या घटेको बताइएको छ । यतिबेला सुन किन्नेको भन्दा पन िबेच्नेको घुइँचो लाग्ने गरेको सुन व्यवसायीहरु बताउँछन् ।



