September 21st, 2019

दशैं, नयाँ नोट, नोटको आयु अनी बैंकरको तनाब 

यो दशैंमा पुन नयाँ नोट बाड्न बन्द होला कि सोचेको थिए पुन सुचना आयो । सुचनाको पुछारमा महत्वपुर्ण सुचना पनी छ तर पनी नयाँ नोट जारी गर्ने सुचना फेरी जारी गरियो । नयाँ नोट दशै तिहारमा भन्दा पुरानो र झुत्रो नोटहरु replacement गर्ने प्रयोजनको लागी मात्रै गर्न पाए हुने ।

सबैले स्वीकार गर्ने र सोच्नु पर्ने दश बुँदाहरु-
१. एकदमै नयाँ नोटहरु चाडपर्वमै बाड्यो भने टिका, पानी, अक्षताहरु समेत लागेर छिटो झुत्रो र मैलो हुन्छ । दशैं पहिले नयाँ नोट बाड्न र व्यवस्थापनको समस्या दशैं सकिदा साथ बैंकका शाखाहरुको भल्टमा समेत नअट्ने गरि जम्मा हुन आएका छ, फोहोर पारिएका नोटहरुको व्यवस्थापनको झमेला ।

२. सानो दर का नोटहरु विनीमयको साधन नभई बच्चाहरुले खेलौनाको रुपमा प्रयोग गरी महिना दिन मै झुत्रो पार्छन ।

३. दक्षीणा दिएको नयाँ हजारको नोट न त एक हजार पचास रुपैयामा चल्छ न त दक्षीणा पाउनेले जीवनभर सम्हालेर राख्छ अनी नयाँ नोट नै दिनु पर्ने कुनै कारण देखिन्न । दशैंलाई बाड्ने लक्ष्यका साथ ४०/५०करोड प्रति नयाँ नोटहरु छपाएर ल्याईन्छ जसको खर्च एकातिर हुन्छ भने व्यवस्थापनको झमेला अर्काेतिर ।

४. दक्षीणा नयाँ नोट दिने भनेर सटहि हुन्छ तर तास खेल्न, खर्च गर्न सबै काममा नयाँ नोट नै प्रयोगमा आउँछ । नयाँ नोटहरु गाउँ गाउँ सम्म चलनचल्तीमा पुर्याईन्छ र दशै पछि सोहि रकमहरु नोटकोष मार्फत फेरी नेपाल राष्ट्र बैकमा ल्याउन पनी ठूलै खर्च हुने गरेको छ । आ.व. २०७४/७५ मा ५८ वटा नोटकोषमा ४४५ पटक तोडाचलान गरि रु.१२९ अर्ब पुर्याईएको देखिन्छ भने ७५ पटक तोडा दाखिला मार्फत रु.१७ अर्ब जम्मा भएको देखिन्छ । यसमा गाडि मात्र होईन हेलीकोप्टर समेत प्रयोग हुन्छ । यो खर्च ठूलै हुन्छ ।

५. दशै शुरु हुन १५ दिन पहिले देखि भल्टमा नअट्ने गरि नगद राख्नु पर्ने । ग्राहकले भनेको रकम दिनलाई बैंकका कर्मचारीहरुलाई हम्मे हम्मे पर्ने तथा भने जति रकम राष्ट्र बैंकले नदिने, कुनै ग्राहकलाई दिन सकिने त कसैलाई नसकिने हुन्छ जसको कारण ग्राहक सम्बन्ध व्यवस्थापन नै चुनौतिपुर्ण हुन जान्छ । बैकका कर्मचारीले मोबाईल स्वीच अफ नै गर्नेस्थीतीमा पुग्छन् ।

६. बैंकहरु mobile banking, QR code, internet banking, IPS connect मार्फत एउटा बैकको खाता बाट अर्को बैकको खातामा समेत रकम पठाउन सक्षम भैसकेको बेला यस्तो अवसरलाईdigital money transfer लाई जनमानसमा अझै स्थापित गर्न सकिने गरी उपयोग गर्न सकिएको भए eP money in circulation घटाउन सहयोग पुग्थ्यो । हाल रु. ६ खर्ब भन्दा बढि रकम बराबरका नोटहरु चलनचल्तीमा छन् भने नेपाल राष्ट्र बैंकले नोट छापेर राखेको अनी निस्कासन गर्न बाँकि लगभग रु. १.४४ अर्बका नयाँ नोटहरु र रु.२३ करोड लागत बराबरका सिक्काहरु असार मसान्त २०७५ मा नेपाल राष्ट्र बैकको स्टकमा थिए । नोट छपाईको खर्च प्रति नोट रु. १ देखि रु. ३ सम्म पर्दछ । जति बढि security feature थपियो उति बढि नोट छपाई खर्च लाग्दछ । दशैं ताका नोटको स्टक बढाउने चलन छ र जसको ७०५ भन्दा बढि रु एक हजार दरका नोटहरु छन भने २०५ भन्दा बढि रु पाँच सय दरका नोटहरु छन् । यो circulation मा भएको रकमहरुको सट्टा जती digital payment लाई प्रोत्साहित गर्न सक्यो त्यति नै निक्षेपको रुपमा system मा आउँछ ।

७. नोटहरु झुत्रो भयो भने नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु छापेर प्रचलनमा ल्याउँछ । यसमा धेरै ठूलो धनराशी खर्च हुन्छ र पैसा बिदेशीन्छ । अरु आयात घटाउनु पर्ने दबाब भईरहेको बेला यस्तो फिजुल खर्च नियन्त्रण गर्नु पर्ने देखिन्छ । बर्षेनी रु.९४/९५ करोड नोट छपाईको कारण बिदेशीन्छ ।

८. सामान्यतया नोटहरुमा प्रयोग हुने कागजको स्तर र नोटलाई सुरक्षीत तरिकाले प्रयोग गर्ने अवस्था हेरी नोटहरु ३ देखि ५ बर्षमा झुत्रो हुन्छन् अनी नस्ट गर्नु पर्छ तर दशैंमा निस्काशन गरिएका नोटहरु बर्ष दिन टिक्न हम्मे हम्मे पर्छ भन्ने अनुमान छ ।

९.नोट निस्काशन गर्दा सुन, चाँदि, बिदेशी मुद्रा तथा सरकारी सुरक्षणहरुको backup राखेर मात्र गर्न पाईन्छ भने नोटहरु राखेर पुजा गर्ने अनी बत्तीहरुबाट आगलागी भई नोटहरु नष्ट हुने समेत अवस्था बढि यहि दशैं तिहारमा धेरै हुन्छ । यसरी नष्ट भएका नोटहरु समेत चलनचल्तीकै नोटको रुपमा गणना हुन्छ ।

१०.नेपाल राष्ट्र बैंकले आफ्नै सफा नोट नितीलाई समेत असहयोग हुने गरि दशैंमा नयाँ नोट जारी गर्ने क्रम रोकिदिएको भए सर्वसाधारणले एक पटकलाई नकारात्मक comment गर्थे होलान तर सधैको लागी नोटको सुरक्षा र सफा नोट राख्ने निती पनी सहज हुन्थ्यो । बैंकरहरुलाई पनी तनाब कम हुन्थ्यो । नयाँ नोट छैन भनौं राष्ट्र बैंकले नागरिकहरुलाई सटहि गर्न सुचना जारी गरी सक्यो, नयाँ नोट ग्राहकले मागे जती होईन पुग्ने गरी नी नेपाल राष्ट्र बैंकले दिदैन अनी शुरु हुन्छ बैंकरको ’तनाब’।

समय तोकेर अनी दक्षीणा दिने खेलौना बनाउन होईन झुत्रो नोटहरु सटहि गर्न र बजारमा नोटको निस्काशन चाहिएको अवस्थामा मात्रै नयाँ नोट निस्कासन होस् । सकेसम्म Digital Payment को प्रविधी प्रयोग गरौ, आफ्नो देशको नोटहरु सफा अनी सुकिलो राखौं र नोट छाप्ने खर्च समेत बचाऔं ।

(मनोज ज्ञवालीको निजि फेसबुकबाट लिइएको सामाग्री )


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]