बुधबार सुन तोलाको ३ सय रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ५६ हजार २ सय ५० का दरले कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला ५६ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ५६ हजार ५ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।
बुधबार चाँदी पनि तोलाको ५ रुपैयाँका दरले सस्तिएको छ । मंगलबार तोलाको ८ सय रुपैयाँका दरले कारोबार भइरहेको चाँदी बुधबार तोलाको ७ सय ९५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।


