September 13th, 2019

डिशहोमको फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरी योजना सार्वजनिक

बैंकिङ खबर । नेपालको एकमात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले आफ्नो स्थापनाकालदेखि नै पे टिभी इन्डष्ट्रिजमा ग्राहकहरुलाई गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरुमध्ये सबैभन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ ।
डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागि विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरुमा यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईन मार्फत सजिलै बिना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । साथमा फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि लिन सकिन्छ । ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि आफुलाई मनपरेको कुनै एक एड अन प्याकेज लिन सकिन्छ । बार्षिक रिचार्ज गर्दा पहिले ४२०० पर्ने बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४,८०० को सट्टा ४,२००, बेसिक प्लस ५,१०० को सट्टा ४,५००, मिडियम प्लस ५,७०० को सट्टा ४,९९८, सुपर एचडी ६,००० को सट्टा ४,९९९, प्रिमियम एचडी ७,२०० को सट्टा ५,७९९ र लाईफस्टाईल एच.डी १०,८०० को सट्टा ८,४०० मा उपलब्ध हुनेछ ।
फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभर रहेका आधिकारीक बिक्रेता, डिलर लगायत सबै डिलरहरुमा उपलब्ध छ ।
फण्ड ट्रान्सफर सेवा, अफर अन्र्तगतका प्याकेज र एड अन प्याकेजको बारेमा विस्तृत जानकारी डिशहोमको आधिकारिक बिक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।
नेपालभर सम्पूर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बिक्री संजाल, नेपालभर २४ घण्टाभित्र (भौगोलिक बिकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक) मर्मत तथा बिक्री पछिको सेवा प्रदान गर्न सक्षम, हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र संचालन, डिशहोमको सेट टप बक्समा लाईफ टाईम वारेन्टी, मोबाइल एप, ग्राहकको सुविधाको लागि ग्राहक सेवा प्रतिनिधिसँग कुरा नगरी डिशहोमको सुविधा लिन सकिने आईभिआर सेवा, एस.एम.एस सेवा, आफ्नो आवश्यकता अनुसार छानीछानी लिन मिल्ने विभिन्न Hd तथा SD प्याकेजहरु, नेपाली चलचित्रमात्र प्रसारण हुने प्लस मुभी लगायत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेज, नयाँ नेपाली चलचित्र आफुले चाहेको समयमा हेर्न सकिने पे पर भ्यू सेवा लगायतका सेवा सुविधा डिशहोमले प्रदान गरीरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]