मेनेजमेन्ट स्टुडेन्टलाई सरकारी जागीर : निक्षेप तथा कर्जा सुरक्षण कोषमा भ्याकेन्सी

बैंकिङ खबर । निक्षेप तथा कर्जा सुरक्षण कोषले १२ जना कर्मचारी मागेको छ । चार जना अधिकृत, पाँच जना सहायक अधिकृत र तीन जना कम्प्युटर सहायक मागिएको छ ।

आवश्यक योग्यता
लोकसेवा आयोगले पूर्तिक गर्ने यी पदहरुमध्ये, अधिकृतका लागि व्यवस्थापन संकायमतर्फबाट स्नातकोत्तर प्रथम श्रेणीमा उतीर्ण गरी दुई वर्षको अनुभव मागिएको छ भने सहायक अधिकृतका लागि अनुभव मागिएको छैन । कम्प्युटर सहायकका लागि प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको र कम्प्युटरको अफिस प्याकेजको तालिम लिएको हुनुपर्नेछ ।

शूल्क

बुझाउने तरिका
अधिकृतका लागि रु ८००, सहायक अधिकृतका लागि रु ७०० र कम्प्युटर सहायकका लागि रु ५०० दस्तुर तोकिएको छ । आरक्षण कोटामा पनि एप्लाई गरेमा प्रतिकोटा अधिकृतका लागि थप रु ४००, सहायक अधिकृतका लागि रु ३०० र कम्प्युटर सहायकका लागि रु २०० बुझाउनुपर्छ । यस्तो शूल्क आवेदकले सिटिजन्स बैंकको खाता नं. ००१०१००००२५८८२०१ मा जम्मा गर्नुपर्छ ।

फारम लिने र बुझाउने तरिका
दरखास्त फारम कोषको कार्यालयमा रु१०० मा पाइन्छ । फारम बुझाउँदा नागरिकताको फोटोकपि, शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजका तीन प्रति फोटोहरु चाहिन्छ । फारम कोषको गहना पोखरीस्थित केन्द्रीय कार्यालयको प्रशासन विभागमा असोज ३ गतेभित्र बुझाइसक्नुपर्नेछ । म्याद सकेको सात दिन सम्म दोब्बर दस्तुरमा फारम भर्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.