एटीएमबाट एक पटकमा २० हजार र एकदिनमा ६० हजार निकाल्न सकिने व्यबस्था

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एटीएमबाट प्रतिदिन ६० हजार र एकपटकमा बढीमा २० हजार मात्रै निकाल्न सकिने व्यबस्था गरेको छ । पहिले यो व्यबस्था एकलाख सम्म थियो । चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले नयाँ नीति लिएको हो । अब एक दिनमा एउटा कार्डबाट ६० हजार रुपैयाँमात्रै झिक्न मिल्ने छ । चिनियाँ गिरोहले एटीएमबाट रकम लुटेको विषय छानविन गर्न गठीत समितिले बैंकहरुले प्रयोग गरिरहेको म्यागनेटिक स्ट्रिप कार्डलाई परिवर्तन गरी चिप कार्ड लागू गर्न, एटीएम रकमको सिमा घटाउन, प्रविधिमा अत्याधुनिक सुरक्षाका उपायहरु अबलम्बन गर्न सुझाव दिएको थियो । राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले एटीएमहरु असुरक्षित बन्दै गएको उल्लेख गर्दै बैंकहरुलाई अत्याधुनिक सुरक्षाका उपायहरु अबलम्बन गर्न पनि सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.