बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व.०७५/७६ को वार्षिक कार्यक्रम तथा वजेट समीक्षा गोष्ठी वुटवलमा सम्पन्न भएको छ ।
प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले गोष्ठी उद्घाटनका क्रममा आफ्नो मनतब्य राख्नु हुँदै अघिल्लो समीक्षा गोष्ठीमा भएका निर्णयहरुको कार्यान्वयन पक्षको विश्लेषण गर्नुका साथै समीक्षा अवधिमा लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेका सूचकांकहरुका वारे छलफल गरी त्यसमा सुधार ल्याउन आवश्यक रहेको बताउनु हुँदै आगामी दिनमा संस्थाले वार्षिक लक्ष्य पुरा गर्न अपनाउनुपर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नु भयो ।
गोष्ठीमा संस्थाका पा“चवटै क्षेत्रीय कार्यालयहरू तथा विभागहरूबाट प्रस्तुत आ.व.२०७५/७६ को वार्षिक अवधिको बजेट समीक्षा तथा कार्यक्रमको प्रगति उपर विस्तृत रुपमा (शाखागत) छलफल गरी तोकिएको लक्ष्य भन्दा न्यून प्रगति हुनुका कारण बारे छलफल गरी आ.व.०७६/७७ मा कार्यक्रमको गुणस्तरमा सुधार गर्दै लक्ष्य अनुरुप प्रगति हासिल गर्ने प्रतिबद्धता जाहेर गरिएकोे थियो ।
उक्त गोष्ठीमा प्रधान कार्यालयका सबै विभागिय प्रमुखहरू, कम्पनी सचिव, क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, बुटवल, नेपालगंज, धनगढीका क्षेत्रीय प्रबन्धकहरू, क्षेत्रीय कार्यालयका कर्जा व्यवस्थापन नीति तथा योजना महाशाखा प्रमुखहरू, सम्बन्धित विभागका अन्य अधिकृत कर्मचारीहरू र संस्थामा कृयाशील तीनवटै युनियनका अध्यक्षहरूकोे सहभागिता रहेको थियो ।
दुई दिनसम्म चलेको गोष्ठी समापनमा प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले सबै विभाग, क्षेत्रीय कार्यालय, इलाका शाखा कार्यालयहरुले पूर्ण प्रभावकारी रुपमा आ.व.०७६/७७ को स्वीकृत वार्षिक कार्ययोजना अनुसार संस्थाको व्यवसायिक क्षमता अभिवृद्धि गर्न समूह विस्तार, सदस्य तथा ऋणी संख्यामा वृद्धि, बचत संकलन, गुणस्तर कर्जा लगानी र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिन निर्देशन दिनु हुदै उहाले कर्मचारी व्यवस्थापन, वृद्धि विकास, तालिम कार्यक्रम संचालन, सदस्यहरुलाई सीप विकास तथा पुनरताजगी तालिम, अवलोकन भ्रमण, गोष्ठी संचालन लगायतका विषयमा संस्थाले योजनावद्ध ढंगले कार्य गर्दै आएको उल्लेख गर्नु भयो ।
उक्त गोष्ठीले आगामी दिनमा संस्थाले गर्ने रणनीतिक कार्ययोजनाका बारेमा १३ बुदे प्रतिवद्धता पास गरेको छ । संस्थाले २०७६ अषाढ मसान्तसम्म सात वटै प्रदेशका ५७ जिल्लामा १८८ कार्यालय मार्फत २ लाख २० हजार सदस्यहरुको घरदैलोमा विभिन्न प्रकारका लघुवित्त सेवा पुयाउदै आएकोछ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रु. ९.९० अर्ब, कुल बचत रु. ३.२३ अर्ब रहेको छ ।
