Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

नेपालमा अनलाइनबाट सपिङ : कानुनविपरीत

२०७६ भाद्र १० गते

बैंकिङ खबर । क्यासलेश ट्रान्ज्याक्सनको अवधारणसँगै विश्वव्यापी रुपमा नै अनलाइन सपिङको प्रचलन छ । खानादेखि तरकारी, फलफुल, कपडा लगायत हरेक कुरा अनलाइनबाटै खरिद गरिन्छ र अनलाइनबाटै पेमेन्ट गरिन्छ । नेपालमा पनि अनलाइन सपिङको प्रचलन सुरु भएको छ । यद्यपि, नेपालमा अनलाइन सपिङ कानुनविपरीत नै संचालन भइरहेका छन् । स्पष्ट कानुनी व्यवस नहुँदा जथाभावी अनलाइन सपिङ साइट खोलेर ठगी गर्ने काम भइरहेको छ ।

ठगी बढेपछि कानुन बनाइँदै
सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ताहरुलाई ठग्ने गरेको गुनासो आउन थालेका छन् । हालसम्म यस्ता व्यापारिक गतिविधि जसलाई मन लाग्यो उसले इन्टरनेटमार्फत वेवसाइट र समाजिक सञ्जालमार्फत सञ्चालन गर्दै आएका छन् । डिस्काउन्टको लोभ देखाएर डुप्लिकेट सामान बेच्ने, पेमेन्ट लिएर डेलिभर नगर्ने लगायतका समस्या बढेपछि अब अनलाइन सपिङलाई व्यवस्थित गर्न कानुन बनाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६ मार्फत विद्युत् र वेवसाइटमार्फत हुने व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन लागेको छ ।