Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

डिजिटल वित्तीय सेवा प्रयोगमा राष्ट्र बैंकको सचेतना

२०८३ भाद्र १६ गते

काठमाडौं / नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको सुरक्षित र सचेत प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटजस्ता सेवाले वित्तीय कारोबारलाई सहज, छिटो र सुरक्षित बनाएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार डिजिटल कारोबार गर्दा सही व्यक्ति र सही खातामा मात्र भुक्तानी भएको सुनिश्चित गर्नुपर्छ। रकम स्थानान्तरण गर्नुअघि बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर तथा भुक्तानीको उद्देश्यजस्ता विवरण यकिन गरेर मात्र कारोबार गर्न बैंकले सुझाव दिएको छ ।
त्यस्तै, कुनै गलत वा अनधिकृत कारोबार भएको शंका लागेमा तत्काल सम्बन्धित बैंक, वित्तीय संस्था वा सेवा प्रदायकलाई जानकारी गराई आवश्यक सुरक्षा तथा रोकथामका उपाय अपनाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

गुनासो वा समस्या परेमा राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np मार्फत उजुरी दिन सकिनेछ। साथै, वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१–५७१९६०५ मा सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सन्देश: सजग बनौं, सुरक्षित रूपमा डिजिटल वित्तीय सेवा प्रयोग गरौं ।