Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

विपद्को घडीमा नेरूडे मिर्मिरेको साथ, उद्धार कोषमा २८ लाख २० हजार सहयोग

२०८३ भाद्र १६ गते

बैंकिङ खबर / भोटेकोशी लगायत विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ लाख २० हजार २४९ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो । संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपाने, वरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी राहत रकम हस्तान्तरण गरेको जनाएको छ ।

संस्थाका अनुसार उक्त सहयोग रकम सञ्चालक, कर्मचारी परिवार तथा संस्थाको सामूहिक योगदानबाट जुटाइएको हो । विपद्को समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू समुदायको घर–घरमा पुगेर वित्तीय सेवा तथा पहुँच विस्तारमा काम गर्ने भएकाले अप्ठ्यारो अवस्थामा समाज र समुदायसँगै उभिनुपर्ने बताए । विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले नेरूडे मिर्मिरे मानवीय हितका कार्यमा निरन्तर सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले संस्थाले ‘ग्राहक सदस्य पहिलो’ भन्ने मूल नीतिलाई आत्मसात् गर्दै वित्तीय कारोबारसँगै वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व र ग्राहक संरक्षणसँग सम्बन्धित कार्यक्रमलाई थप प्रभावकारी तथा बृहत्तर रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

संस्थाले बाढी तथा अन्य प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको यथाशीघ्र खोज तथा उद्धारको कामना गरेको छ ।विपद्को कठिन समयमा भाइचारा, आत्मीयता, सहकार्य र मानवीय संवेदनाका साथ सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने सन्देशसमेत संस्थाले दिएको छ ।

नेरूडे मिर्मिरे लघुवित्तले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण तथा समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै वित्तीय सेवासँगै सामाजिक हितका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ ।