Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

टान अध्यक्षका दावेदार खुमबहादुर सुवेदीले अघि सारे दर्जन बढी प्रतिवद्धता

२०७६ श्रावण ३१ गते


सन् १९७४ मा स्थापित भएर अनगिन्ति आरोह र अवरोह पार गर्दै आजका दिनसम्म आइपुग्दा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले व्यावसायिक, आर्थिक र सामाजिक रुपमा एउटा उचाइ मात्र हासिल गरेको छैन, यसले पर्यटनसँग सम्बन्धित अन्य थुप्रै संस्थाहरूभन्दा पृथक मूल्य र मान्यतालाई पनि स्थापित गर्न सफल भएको छ ।
ट्रेकिङ व्यवसायीहरूको एकमात्र छाता संगठन टानको ४१ औँ वार्षिक साधारणसभा एवम् नयाँ कार्यसमिति निर्वाचन नजिकिइरहेको छ । इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्ने ऐना मात्र होइन, यसको सुदूर भविष्य जोड्ने निरन्तरताको क्रम, व्यवसायिक हक, हित र सह–अस्तित्वका खातिर टानले परिलक्षित गरेका लक्ष्यहरु हाँसिल गर्नका लागि नयाँ उत्साह र उमङ्गका पाइलाहरु उठान गर्ने महत्वपूर्ण शुभ मुहूर्त पनि हो, यो दिन । टानको विगत र वर्तमानलाई नियाँल्दा आगतमा एउटा सबल नेतृत्वको खाँचो टड्कारो रूपमा देखिएको छ । यसै पृष्ठभूमिमा सामना गरिरहेका यावत समस्याहरू समाधान गर्दै व्यावसायिक भविष्य सुनिश्चितताका लागि इमान्दार भई भूमिका निर्वाह गर्नसक्ने हैसियतमा तपशील बमोजिमका कार्यावलीका साथ ट्रेकिङ्ग एजेन्सिज एसोसियसन अफ नेपाल (टान) कार्यसमितिको आगामी निर्वाचनका लागि अध्यक्षको उम्मेदवार खुमबहादुर सुवेदी अघि सर्दै छन् । टानमा निर्वाचित भएपश्चात उनले गर्ने कार्यसूचि के के छन् त ।

  • पर्यटन व्यबसायीहरुका बीचमा ट्याक्स, भ्याटको समस्यालाई समाधानका लागि उच्च प्राथमिकता दिई सरकारी निकायसँग समन्वयन गर्ने ।
    पर्यटन व्यबसायी र पर्यटन क्षेत्रका मजदुरहरुबीच भाइचाराको सम्बन्ध बढाउने ।
    पर्यटन व्यबसायी र मजदुरहरुको उचित आय आर्जनको व्यबस्था गर्ने तथा सेफ्टी एण्ड सेक्यूरीटीको पूर्ण व्यबस्था गर्ने ।
  •  संगठनका तमाम सदस्यहरूमा भाइचाराको सम्बन्ध स्थापित गर्ने र सबैको सह–अस्तित्व स्वीकार गर्ने । वर्तमान अवस्थामा व्यवसायसँग सम्बन्धित समस्याहरु र तिनको समाधानप्रति समर्पित रहने ।
  • टानलाई व्यवसायीमैत्री बनाउनका लागि आन्तरिक व्यवस्थापन चुस्त राख्ने । नयाँ प्रविधिको प्रयोग गरी टानको सचिवालयलाई, अझ व्यवस्थित बनाउने र मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने ।
  •  टानको आर्थिक पक्ष सबल बनाउनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्दै व्यवसायीका हितमा आफ्नो भूमिका निर्वाह गर्ने ।
  •  बैठकका निर्णयहरु सम्पूर्ण सदस्यहरुलाई शीघ्र एवम् पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने ।
  •  ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम टिम्स को सान्दर्भिकता र औचित्यलाई गहन छलफल गर्ने । पूर्ववत् रूपमा यसको व्यवस्थापन कायम गर्न र गराउन सकिन्छ वा सकिँदैन भन्ने कुराको निक्र्यौल गर्ने । यदी सकिने हो भने ‘अनलाइन सिस्टम’को व्यवस्था मिलाउने अनाधिकृतरूपमा भइरहेको पदयात्रा व्यवसाय सञ्चालनलाई रोक्ने ।
  •  ‘नो गाइड नो ट्रेकिङ’को अवधारणलाई कडाइका साथ लागू गर्ने÷गराउने । टिम्समार्फत प्राप्त हुने आम्दानीलाई पारदर्शी ढङ्गले उपयोग गरी प्रवद्र्धनात्मक क्षेत्रमा लगाउने ।
  • टिम्सलाइ एस वा नो गर्ने र यदि टिम्सलाइ प्रभावकारी ढंगले लागु गर्न नसके ट्रेक्किंङ परमिटको सिद्दान्तलाइ लागु गर्ने ।
  •  मनास्लु र अन्नपूर्ण, सगरमाथा र गौरीशंकर, अन्नपूर्ण र मुस्ताङ क्षेत्रको पदयात्रा सञ्चालन गर्दा दुबै क्षेत्रको लागि अलग–अलग तिर्नुपर्ने प्रवेश शुल्कलाई एकद्वार प्रणालीका आधारमा एउटै अनुमति–पत्रमार्फत पदयात्रा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन जोडदार पहल गर्ने ।
  •  हिमाली क्षेत्रहरूमा मौसम सम्बन्धी आपतकालीन सूचना प्रदान गर्ने व्यवस्था मिलाउने र सम्भावित प्राकृतिक विपद् व्यवस्थापनका लागि बिभिन्न सरोकारवाला निकायहरूसित समन्वय गरी ठाउँठाउँमा आपत्कालीन आश्रयको निर्माण गर्ने ।
  • मजदुरहरुलाई ‘लेक लाग्ने’ समस्या सम्बन्धी आवश्यक तालिमहरुको व्यवस्था गर्ने र आपतकालिन अवस्थाहरुमा टान कार्यालयमा ‘क्राइसिस म्यानेजमेन्ट डेस्क’ खडा गरी आवस्यक सेवा उपलब्ध गराउने ।
  •  व्यवसायलाई मजदुरमैत्री बनाउँदै मजदुरहरु दुर्घटनामा पर्दा दिइने क्षतिपूर्तिलाई सहजिकरणका लागि टानको तर्फबाट सामूहिक बीमा गर्न आवश्यक पहल गर्ने ।
  • टानका सदस्य कम्पनीहरुको व्यवसायको बजारीकरण र प्रवद्र्धनका लागि सहजकर्ताको भूमिका निभाउँदै आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाउने ।
  • अन्तराष्ट्रिय स्तरको पदयात्रा तथा पर्वतारोहण सम्बन्धी मेला र सम्मेलनहरु नेपालमै आयोजना गर्ने रगराउन पहल गर्ने ।
  •  मौजुदा पदयात्रा मार्गहरुको संरक्षण गर्दै वैकल्पिक मार्गहरुको पहिचान एवम् सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न पहल गर्ने ।
  • नियन्त्रित क्षेत्रहरुलाई खुल्ला गर्नका लागि सम्बन्धित सरकारी निकायहरुसँग पहल गर्ने ।
  •  व्यवस्थित टुरिस्ट बसपार्कको व्यवस्थापन गर्न आवश्यक पहल गर्ने ।
  •  रोजगारी सिर्जनाका हिसाबले उत्कृष्ट योगदान पु¥याउने र नयाँ गन्तव्य र प्याकेज उत्पादन गरी प्रवद्र्धन गर्ने, सदस्य कम्पनिलाई संस्थाको तर्फबाट प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने ।
  •  लामो समयदेखि थाती रहदै आएको व्यवसायीहरुको हितका लागि ‘ट्रेकिङ व्यवसायी कल्याण कोष’को स्थापना गर्ने ।
  • सरसफाइ तथा पर्यावरण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने । वातावरण मन्त्रालय र अन्य निकायहरुसँग सहकार्य गरी पदयात्रामार्गहरुको वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर व्यवस्थापन गर्ने ।
  • आन्तरिक हवाई उडानलाई सहजीकरण गर्न पहल गर्ने ।
  • उपर्युक्त प्रतिनिधिमूलक बुँदाहरुलाई आवश्यकता र प्राथमिकता अनुरूप सबैको सल्लाह र सुझावका आधारमा तय गरी कार्यान्वयन गर्न अनन्त प्रयत्नमा कटिबद्ध रहनेमा सुवेदी विश्वास दिलाउछन् । दूरदर्शिता र नीतिगत व्यावसायिक चिन्तनले मात्र टानको भविष्य उज्वल हुनसक्ने र यसको सौम्य इतिहासमा लागेका दागहरू मेट्न सकिने उनको तर्क छ । त्यसैले पनि टानलाई माथि उठाउन खोज्ने चेतनशील मनहरू अब कठोर बन्ने बेला आएको उनी बताउछन् । पदयात्रा व्यवसायीहरुको आपसी हित र गरिमाका लागि स्थापना भएको छाता संगठन भएकोले टानलाई वास्तविक संस्था बनाउने लक्ष्यका साथ आफु उपस्थित भएको कुरा उल्लेख गर्दै सम्पूर्णको साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन् ।
Ad