बैंकिङ खबर । नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी (एनआईपिएस) बाँकेको ९ सदस्यीय कार्य समिति हालै गठन भएको छ । लामो समयको प्रयासपछि गठन भएको एनआईपिएस बाँकेको नेतृत्व डि.एन. गिरीले लिएका छन् ।
बाँके जिल्ला लगायत यस क्षेत्रको बीमा व्यवसायलाई अझ व्यवस्थित एवं परिस्कृत बनाई बीमा व्यवसायमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न उक्त संस्थाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
युनाइटेड इन्स्योरेन्सका डि.एन. गिरीको अध्यक्षतामा गठित समितिमा प्रिमीयर इन्स्योरेन्सका सागर राज शाक्य उपाध्यक्ष, त्यसैगरी महासचिवमा प्रुडेन्सियल इन्स्योरेन्सका सुबोध श्रेष्ठ, सचिवमा राष्ट्रिय बीमा कम्पनीका नवीन शर्मा, कोषध्यक्षमा सानिमा जनरल इन्स्योरेन्सका बसन्त राज घिमिरे चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा एभरेष्ट इन्स्योरेन्सका सन्जय गौतम (सन्जु बाबा), हिमालयन जनरल इन्स्योरेन्सका अन्जु सिग्देल, ओरेन्टल इन्स्योरेन्सका पि. अशोकन र प्रभु इन्स्योरेन्सका श्याम भक्त मल्ल रहेका छन् ।


