Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बैंकहरुले आफूखुसी बीमा पोलिसी विक्री गर्न नपाउने

२०७६ श्रावण ८ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले आफूखुसी बीमा पोलिसीहरु विक्री गर्न नपाउने भएका छन् । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने व्यवस्था गरेको छ । कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।