July 10th, 2019

२० वटा वाणिज्य बैंकहरुले बुझाएको मर्जरको प्रतिवद्धता

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा बुधबार सम्म २० वटा वाणिज्य बैंकहरुले मर्जरको प्रतिवद्धता बुझाएका छन् । नेपाल राष्ट्र बैंकले असार १२ गते बिहीबार वाणिज्य बैंकहरूलाई मर्जरमा जान निर्देशन दिएयता २० वटा बैंकले मर्जरको लिखित प्रतिवद्धता बुझाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि सम्म १७ वटा बैंकहरुले मात्र लिखित प्रतिवद्धता राष्ट्र बैंकमा पेश गरेका थिए । जसमा सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र नेपाल बंगलादेश बैंकले पनि आजै प्रतिवद्धता बुझाई मर्जरको प्रकृयामा रहेको बैंकहरुको संख्या २० पुगेको हो ।

हाल सम्म मर्जरको लिखित प्रतिवद्धता पत्र बुझाउनेमा एनएमबी बैंक, सनराइज बैंक, सिटिजन बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेन्चुरी कर्मसियल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल बैंक, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, कुमारी बैंक, मेगा बैंक, सद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]