Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आर्थिक स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी

२०७६ असार २४ गते

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताएकी छन् । सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यलयको भवन शिलान्यास गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले सो भवन भवन निर्धारित समयमै सम्पन्न गर्न कामनासमेत गरिन् । सो भवन  २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएको थियो । मौद्रिक नीतिको पूर्वसन्ध्यामा आयोजना गरिएको सो कार्यक्रममा राष्ट्रपति भन्डारीले मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई साकार गर्न महŒवपूर्ण भूमिकानिर्वाह गर्नुपर्ने बताइन् ।

कार्यक्रममा अर्थमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको वित्तीय प्रणाली बैंकिङ प्रणालीको आधिपत्य भएको प्रणाली भएको भन्दै बैंकिङ प्रणाली ठीक नभए बिमाधितो, सहकारीलगायत वित्तीय कारोबार हुने प्रणालीमा समेत प्रतिकूल असर पर्नसक्ने बताए ।

त्यस्तै, केन्द्रीय बैंक स्वायत्त संस्थाका रूपमा अघि बढ्नुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ । ‘स्वायत्ततासँगसँगै जवाफादेहिताका कुराहरू आउँछन, जवाफदेहिताबिनाको स्वायत्तता अराजकता हुन्छ,’ उनले भने । स्वायत्ततालाई प्रयोग गर्दै केन्द्रीय बैंकले समग्र वित्तीय प्रणालीको अभिभावकत्व ग्रहण गर्नुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ । त्यस्तै, उनले सरकारले स्थानीय तहमा पनि नगदमा आधारित कारोबार प्रणालीलाई विद्युतीय प्रणालीमा लैजाने र त्यसका लागि राष्ट्र बैंकले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए ।

राष्ट्र बैंकले शिलान्यास गरेको सो नयाँ भवन ५ हजार ३२ वर्ग मिटरमा निर्माण हुने राष्ट्र बैंकले जनाएको छ । भूकम्पले क्षतिग्रस्त भएकोे थियो । सो भवन बस्नै नसकक्ने भएपछि २०७४ फागुनमा भत्काइएको थियो । प्रस्तावित भवनको लागत २ अर्ब ८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

भवनको स्वरूप दुई तला र जमिनमाथि चार तला रहने राष्ट्र बैंकको भनाइ छ । एक तलामा पार्किङस्थल रहने छ । राष्ट्र बैंकले सो भवन निर्काणको जिम्मा कन्सल्टेन्ट ईआरएमसी र पेस जेभीलाई दिइएको छ । सो भवन ३० महिनाभित्र सम्पन्न हुने राष्ट्र बैंकको भनाइ छ । राजधानी दैनिकमा प्रकाशित समाचार 

Ad