Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

बेलायतबाट पनि ‘मेगा रेमीट’ सेवा

२०७६ असार १९ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ । मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो ।

बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको बैंकले जनाएको छ । यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।