बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोटको बेलकोटगढि ८ को बाहुनडाडा स्थित कल्याणी माध्यामिक बिद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष भोज प्रसाद पुडासैनी र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संयुक्त रुपमा छात्रछात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा कक्षा नर्सरी देखि ३ कक्षासम्म अध्ययनरत ११९ जना छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।