Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हावाहुरी पिडितलाई जनउत्थान लघुवित्तको आर्थिक सहयोग

२०७६ असार ७ गते

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले गत जेष्ठ २३ गते आएको बिनासकारी हावाहुरीबाट प्रवाभित कञ्चनपुर जिल्लाको लालझाडी शाखामा आबद्ध सदस्यहरुलाई राहत वितरण गरेको छ । सस्थाका आन्तरीक लेखा परिक्षक,अनुगमन र मुल्याकन बिभागका बिभाग प्रमुख वरिष्ठ अधिकृत बसन्त पचभैयाको अध्यक्षतामा संस्थाले सात लाख ८८ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो ।

संस्थाका आन्तरिक लेखापरिक्षक, अनुगमन र मुल्याकन बिभागका बिभाग प्रमुख पचभैयाले जनउत्थान लघुवित संस्थामा आवद्ध सदस्यहरुलाई हरेक सुखदुखमा साथ दिने र दिईरहेको बताए । सदस्यको बच्चा जन्म हुदा सुत्केरी सुविधा, मृत्यु हुँदा काजक्रिया, प्राकृितक प्रकोप राहत सुविधा र सदस्यको मृत्यु भएको अवस्थामा कर्जा मिनाहा गर्दै आएको उनले जानकारी दिए । उनका अनुसार, यस आ.व.मा संस्थाले सुत्केरी सुविधा १६७ जनालाई २ लाख ४८ हजार,काजक्रिया खर्च ४४ जनालाई १ लाख ३१ हजार, ऋण मिनाह २३ जनालाई ९ लाख ७० हजार ९ सय ५८, आर्थिक बिपन्न भएको १२ जनालाई रु ५० हजार र प्राकृतीक प्रकोप हावाहुरी पिडित ४३६ जनालाई ७ लाख ८८ हजार राहत वितरण गरेको छ ।

संस्थाको हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव ३७ हजार समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad