Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५६ हजार ६ सय पुग्यो सुनको भाउ

२०७३ जेष्ठ ३२ गते

goldमङ्गलबार पनि सुन महङ्गिएको  छ । साताको सुरुको दिनदेखि नै बढिरहेको सुनको भाउ मंगलबार पनि बढेको हो । आइतबार र सोमबार २/२ सय रुपैँया प्रतितोलाका दरले बढेको सुनको भाउ मंगलबार ३ सय रुपैँया प्रतितोलाका दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ५६ हजार ६ सय रुपैँयाका दरले कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको ५६ हजार ३ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको छ । यसअघि सोमबार छापावल सुन तोलाको ५६ हजार ३ सय रुपैँयाका दरले कारोबार भएको थियो भने तेजावी सुन तोलाको ५६ हजार ५० रुपैँयाका दरले कारोबार भएको थियो । 

चाँदीको मूल्य भने मंगलबार पनि स्थिर रहेको छ । साताको आइतबार ५ रुपैँया प्रतितोलाका दरले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार पनि स्थिर नै रहेको छ । महासंघका अनुसार, चाँदी तोलाको ७ सय ९० रुपैँयाको दरले नै कारोबार भइरहेको छ ।