Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

टिकाथलीका महिलालाई निर्धन संस्थाद्धारा व्यावसायिक तरकारी खेती तथा कौशी खेती तालिम

२०७६ जेष्ठ २५ गते

बैंकिङ खबर । निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथलीका महिला स्वावलम्बी समूहका विपन्न महिलाहरुलाई व्यवसायिक तरकारी खेती तथा कौशी खेती तालिम प्रदान गरेको छ । राजधानीको नक्सालमा मुख्य कार्यालय रहेको उक्त संस्थाले जेठ २१ गते देखि २३ गते सम्म टिकाथलीमा सो तालिम सम्पन्न गरेको हो ।

तालिमको समापन सत्रमा बोल्दै सहभागीहरुको तर्फबाट निता विशंखे, सिता नेपाली र सिता कार्कीले आयोेजकहरुलाई धन्यवाद दिए । तालिमका सहभागीहरुले ब्यावसायिक तरकारी खेती तथा कौशीखेती सम्बन्धी सीप आफूहरुलाई ज्यादै लाभदायी हुने बताए ।

महालक्ष्मी नगरपालिकाको वडा अध्यक्ष राजकमार सिलवाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै महिलाहरुलाई व्यवसायिक रुपमा तरकारी खेती गरेमा श्रीमानहरु बिदेशिन नपर्ने बताए । प्रशिक्षक बासुदेव सुवेदीले प्रशिक्षार्थीलाई तालिममा हासिल गरेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले वि.सं.२०४७ सालमा डा. हरिहर देव पन्तको नेतृत्वमा स्थापित यस निर्धन संस्थाले वि.सं.२०४९ सालमा नेपालकै पहिलो बिनाधितो ऋृण प्रवाह गर्ने लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं.२०५६ श्रावण १ गतेदेखि विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको जानकारी गराइन् । तत्पश्चात मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका लागि विभिन्न किसिमका सीपविकास तालिम, उद्यमशीलता तालिम, ब्यावसायीक तालिम तथा विभिन्न सेवा कार्यक्रम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आईरहेको उनले बताइन् । सहभागी महिलाहरुलाई तालिममा हासिल गरेका सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गर्दै कार्यक्रम समापन भएको जानकारी गराइन् ।

निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलाईँ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निरन्तरता दिंदै आईरहेको छ । यस तालिममा सहभागीहरुले ब्याब्सायिक तरकारी खेती तथा कौशी खेती सम्बन्धी सीपहा सिल गरेका छन् ।

Ad