बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सल्यानस्थित श्रीनगर शाखाले वित्तीय साक्षरतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शारदा नगरपालिका –१२ मुलडाडाँको श्री शिव विद्यालय र शारदा नगरपालिका –१ को शिवजन माध्यमिक विद्यालयका कक्षा ९ र १० का २०० जना विद्यार्थीहरुलाई कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाले कर्जा बचत, बीमा तथा बिप्रेषण ‘सेवा मात्र नभएर समुदायमा बसोबास गर्ने हरेक मानिस स्वास्थ्य, शिक्षा लगायतको कुरामा सचेत हुनुपर्ने सोच सहित सल्यान जिल्लाको श्रीनगर विशेष गरी विद्यार्थी वर्गमा सचेतना कार्यक्रम गरेको हो । वित्तीय साक्षरतामा बचत, बीमा, बैंकको प्रकार, कर्जा, खर्च, विप्रेषण र पैसाको व्यवस्थापनको बारेमा सचेतना कक्षा सञ्चालन गरिएको थियो । लक्ष्य प्रप्तीमा वित्तीय साक्षरताको महत्तवको विषयलाई विशेष जोड दिइएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै सहभागी विद्यार्थीहरुले आफुहरुले एकदमै जीवन उपयोगी शिक्षा पएको बताए । त्यस्तै विद्यालयका शिक्षकहरुले वित्तीय संस्थाले उदाहरणीय काम गरेको र आउँदा दिनमा सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्घता ब्यक्त गरे ।