बैंकिङ खबर । मिर्मिरे लघुवित्तको भजनी शाखा कैलालीले विभिन्न बत्ततीस बटा केन्द्रका ३४ जना सदस्यहरुलाई तरकारी खेती सम्बन्धि एकदिने तालिम प्रदान गरेको छ । तालिममा कृषि प्राविधिक प्रशिक्षक रामशरण चौधरीले तरकारी खेती सम्बन्धी विविध विषयवस्तुको बारेमा प्रशिक्षण दिए ।
कार्यक्रममा बोल्दै संस्थाका शाखा प्रमुख नवराज उपाधयायले तरकारी खेती तालिमले महिलाहरुको आर्थिक अवस्थामा सुधार तथा कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस लघुवित्तको क्षेत्रीय कार्यलयका प्रमुख शुशिल कुमार बुढाले आगामी दिनमा पनि विभिन्न व्यवसायिक सीपमूलक तालिम प्रदान गर्दै जाने व्यवसायिक योजना रहेको जानकारी गराए ।