बैंकिङ खबर । ग्रामीण विकास लघुवित्तको इलाका कार्यालय पड्सरीले सिद्धार्थ नगर नगरपालिका –६ पिपरैया स्थित स्वर्गिय मुन्नी देवी रौनियारको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
विगत १७ वर्षदेखि ग्रामीण विकास लघुवित्तमा आवद्ध रही विनाधितो लघुव्यवसाय कर्जा लिई व्यवसाय सञ्चालन गर्दै आएकी रौनियारको गत चैत्र ६ गतेका दिन असमायीक निधन भएको थियो ।
बीमा र काज किरीया खर्च वापतको कुल नगद रकम रु. एक लाख तीन हजार दुई सय पचास निजको छोरी नन्दनी रौनियार र ससुरा किशुन रौनियारलाई इलाका प्रमुख सुशिला नेपालले हस्तान्तरण गरिन् ।
लघुवित्तले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा यस संस्थाबाट कर्जा लिई व्यवसाय सञ्चालन गरिरहेका ग्राहक सदस्यहरूलाई सहुलियत दरमा म्यादी जीवन बीमाको व्यवस्था समेत गर्दै आईरहेको छ ।