बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कैलालीको हसुलिया शाखामा आवद्ध ग्राहकहरुलाई व्यवसायिक तरकारी खेती तालिम प्रदान गरेको छ । तरकारी खेती तालिम बैशाख २६ र २७ गते गरी २ दिन सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख ३० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।
तरकारी खेती सम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत ( कृषि विशेष ) श्री ओम प्रकाश भुसालले गरेका थिए ।
तालिम कार्यक्रममा बोल्दै कैलारी गा.पा. वडा नं ५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरीले यस्ता तालिमले कृषकहरुलाई आधुनिक कृषितर्फ डो-याउन थप मद्धत पुग्ने र ग्राहकहरुले तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने जस्ता पक्षमा सकारात्मक जोड दिए ।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंक संगको सहकार्यमा शाखा रहित बैँकिङ्ग सुविधा संगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।