बैंकिङ खबर । आज बुधबार सुनको भाउ बढेको छ । छापावाल सुनको भाउ तोलामा २ सय रुपैयाले बढेको हो । मंगलबार तोलामा ५९ हजार ५ सयमा कारोबार भएको सुनको भाउ बुधबार बढेर ५९ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४ सयमा कारोबार भइरहेको । चाँदी पनि बुधबार ५ रुपैयाँले बढेर तोलामा ७ सय २५ मा कारोबार भइरहेको छ ।