Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थतन्त्रमा आईसीटीको योगदान रू. आठ खर्ब पु-याइने

२०७६ बैशाख २० गते

काठमाडौंँ। अर्थतन्त्रमा सूचना प्रविधिको योगदान आठ खर्ब रुपियाँभन्दा बढी पु¥याउने लक्ष्यका साथ सरकारले डिजिटल नेपालको समग्र‘पे्रmमवर्क’ अन्तिम चरणमा पु¥याएको छ । लामो समयको अध्ययनपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न आठ वटा क्षेत्रको पहिचान गरी त्यसलाई पे्रmमवर्कमा समेटेको हो । मन्त्रालयका अनुसार उक्त पे्रmमवर्क तयार गरेर त्यसलाई मन्त्रिपरिषद्बाटै पारित गराउन पेस गर्ने तयारी अहिले भइरहेको छ । 
फ्रेमवर्कमा खासगरीडिजिटल पूर्वाधार निर्माण, कृषि, स्वास्थ्य, पर्यटन, वित्त, सहरी पूर्वाधार जस्ता क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाउने लक्ष्य राखिएको छ । फ्रेमवर्कमा उल्लेख भए अनुसारडिजिटल नेपालका सबै काम कार्यान्वयनमा आएमा कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा प्रविधि (आईसीटी)को योगदान आठ खर्ब रुपियाँभन्दा माथि पुग्नेछ । डिजिटल नेपालको फ्रेमवर्कले लिएका लक्ष्यहरू आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा आउन लागेको १५ औँ पञ्चवर्षीय योजनामा समेत समेटिएको छ । सोही आवधिक योजनाभित्रै डिजिटल नेपालको पे्रmमवर्क कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । 
राजधानीमा बिहीबार आयोजित दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को क्रममा मन्त्रालयले सूचना प्रविधिको विकास गर्दै अर्थतन्त्रमा यसको योगदान बढाउने जनाएको हो ।दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको उपयोगलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । समृद्ध नेपालको लक्ष्य हासिल गर्न उत्पादन बढाउनुपर्ने र उत्पादनलाई प्रविधिसँग मिलाएको अवस्थामा मात्र छिटो लक्ष्य प्राप्त गर्न सकिने उहाँको भनाइ छ । ‘कम लागतमा बढी उत्पादन भन्ने सरकारको सोचप्रविधिको उपयोगबाट सम्भव हुन सक्छ’ उहाँले भन्नुभयो । गोरखापत्रमा प्रकाशित समाचार ।

Ad