बैंकिङ खबर । एनएमबि माईक्रोफाईनान्सले शाखा प्रवन्धक स्तरीय २ दिने त्रैमासिक समिक्षा, आ.व.२०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । उक्त त्रैमासिक समिक्षा, योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिममा बनकटवा अनुगमन स्टेशन र साडेपानी अनुगमन स्टेशन अन्तगर्तका २० वटा शाखाका २० जना शाखा प्रवन्धकहरु सहभागि थिए ।
उक्त प्रशिक्षण÷तालिम वित्तीय संस्थाका सहायक महाप्रवन्धक राम प्रसाद मिश्रले उद्घाटन गरे ।
तालिम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका सहायक महाप्रवन्धक राम प्रसाद मिश्र, संचालन एंव जनशक्ति ब्यवस्थापन विभाग प्रमुख भुवनेश्वर फुलारा, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख अनुप भारी, कर्जा विभागका कर्जा अधिकृत सरस्वती सिलवाल र अनुगमन अधिकृत द्घय बसन्त पचभैया, मधु कँुवरले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमास सम्मको प्रगति समिक्षा, आगामी आर्थिक वर्ष २०७६/०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रवन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो ।
हालसम्म संस्थाले ५६ जिल्लामा १ सय शाखा विस्तार गरी करिब एक लाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।