Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१५ अर्ब रुपैयाँको रिपो विक्री गर्दै राष्ट्र बैंक

२०७६ बैशाख १८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बिहीबार दिउसो ३ बजे सम्म ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु बोल कबोल मार्फत सहभागी हुन सक्ने छन् ।

पैसा लैजान चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ प्रतिशत ब्याजदर नघटाई बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने छ । रिपोको अवधि भने ७ दिनको मात्र हुने छ । बैशाख १९ गते जारी भएको रिपो बैशाख २६ गते परिपक्व हुने छ ।

केही वाणिज्य बैंकहरुमा लगानी योग्य रकमको अभाव हुँदा कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत भन्दा माथि पुगेको थियो । दुई साता यता राष्ट्र बैंकले वित्तीय प्रणालीमा लगातार रिपो मार्फत पैसा पठाएको छ ।

पछिल्लो समय सिसिडीलाई व्यवस्थापन गर्न बैंकहरु अन्तरबैंक कारोबारमा जोड दिएको देखिन्छ । यसले अन्तरबैंक ब्याजदर बढाएको बैंकर्सहरु बताउँछन् ।

Ad