बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालय मुरली भञ्ज्याङले निलकण्ठ नपा ९ निगाल पानीमा सार्बजनिक भवन निर्माणको लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकम संस्थाका शाखा प्रबन्धक सुरज बास्तोलाले निगालपानी महिला केन्द्रका केन्द्र प्रमुख प्रतिमा बराइलीलाई हस्तान्तरण गरेका हुन् । सो रकम केन्द्र तथा सार्बजनिक भवन निर्माण गर्नका लागि महिला केन्द्र मार्फत सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै शाखा प्रबन्धक बास्तोलाले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राखि समाजका बिकास निर्माण कार्यलाई सहयोग र साथ गरिरहेको र महिलाहरुको हितमा सदैव तत्पर रहेको समेत बताए।
त्यस्तै कार्यक्रममा बोल्दै, महिला केन्द्र प्रमुख बराइलीले संस्थाले महिला सशक्तिकरणको लागि बिभिन्न कार्यक्रमहरु गरेर महिलाहरुलाई आत्मनिर्भर बनाएको बताइन् । संस्थाले महिलाहरुको सामाजिक तथा आर्थिक बिकास कार्यमा टेवा पुर्याइरहेको बताए ।