बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यक्रमहरुको संचालन गरेको छ । संस्थाले दशौ बार्षिकोत्सवको अवसरमा विभागिय प्रमुख रेशम प्रसाद वास्तोलावाट संचालित उक्त कार्यक्रममा मिथिला नाट्यकला परिषद काकलाकारहरुले विभिन्न किसिमका मनोरञ्जनात्मक सांगितिक नृत्य प्रस्तुत गरेका थिए भने सबै शाखा कार्यालयहरु मध्ये १÷१ जना उत्कृष्ट ग्राहक सदस्यलाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै सबै शाखा कार्यालयहरु मध्ये आर्थिक वर्ष २०७४/०७५ को प्रगतिको आधारमा शाखा कार्यालय प्रकौली, निगौल, भेडिया र रामेछाप क्रमशःप्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कारले सम्मानित भएका थिए भने बसन्तकुमार महतो र सन्तोष कुमार यादव सर्बाेत्कृष्ट कर्मचारीले सम्मानित भएका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न सेवा सुविधाहरुको वारेमा जानकारी गराउँदै आगामी दिनमा अझ बढी ग्राहक सदस्यहरुको उपस्थितीमा यो भन्दा ठुलो कार्यक्रमहरु आयोजना गरि संस्थाको गतिविधी र सेवा सुविधाहरुको बारेमा उल्लेख गरे ।