Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी कर्जा सूचनाको काम गर्न छुट्टै संघ स्थापना गरिने

२०७६ बैशाख १३ गते

बैंकिङ खबर । सहकारी संस्थाहरुको ऋण लगानीको सूचना आदानप्रदान गर्न छुट्टै संस्था खुल्ने भएको छ । सहकारी सूचना केन्द्र सञ्चालनको विषयमा सहकारी संस्थाहरुबीच विवाद भइरहेका बेला सरकारले सहकारी नियमावली विशिष्टकृत संघमार्फत छुट्टै सूचना केन्द्र सञ्चालन गर्ने भएको हो ।

सहकारी नियमावली–२०७५ अनुसार सरकारले विशिष्टकृत संघमार्फत कर्जा सूचना केन्द्र सञ्चालन गर्न पनउने व्यवस्था छ । नियमावली अनुसार न्यूनतम ५ करोड रुपैयाँको शेयर लगानीमा संघ स्थापना गर्ने र कर्जा सूचना केन्द्र सञ्चालन गर्न सकिने छ । यस्तो संघमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी किवास वोर्ड, राष्ट्रिय सहकारी महासंघ तथा नेपाल सकरारका अन्य निकायको सभागिता रहने व्यवस्था पनि छ । त्यसमा कुल पूँजीको ६० प्रतिशत शेयर संस्थाहरुको हुने छ ।

सहकारीका लागि सूचना केन्द्र सञ्चालनका लागि मन्त्रिपरिषदले २०७२ असोज महिनामै ‘सहकारी ह्ण लगानी सूचना ईकाई निर्देशिका पारित गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६को बजेटमा लघुवित्त र वित्तीय सहकारीलाई कर्जा सूचना केन्द्रको नेटवर्कमा आवद्ध गराउने घोषणा भएको थियो । यसमा पनि सहकारी संस्था सञ्चालकहरुले विरोध गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन् । तर नयाँ नियमावली आएपछि भने सम्बन्धीत विषयमा सबै सहकारी संघसंस्थाको शेयर लगानीमा संघ स्थापना गर्ने र सोही मार्फत कर्जा सूचना आदानप्रदान गर्ने बाटो खुुल्ला भएको हो ।

Ad