Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारको नीति तथा कार्यक्रम २० वैशाखमा

२०७६ बैशाख १३ गते

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २० वैशाखमा संघीय संसद्मा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । 

राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नेबारे राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको संसद् सचिवालयले जनाएको छ । १५ जेठमा सरकारले नयाँ आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्को बजेट अधिवेशन सोमबारबाट प्रारम्भ हुँदै छ । 

संविधानमा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सोहीअनुसार राष्ट्रपति भण्डारीले संसद्लाई सम्बोधन गर्न लागेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले बताए । नयाँ पत्रिकामा प्रकाशित समाचार । 

Ad