बैंकिङ खबर । आज बिहिबार सुन एक्कासी सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ५९ हजार २ सय रुपैयाँले कारोबार भएको सुन बिहिबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँले विक्री वितरण भईरहेको छ ।
त्यस्तै तेजावी सुन बुधबारको तुलनामा प्रतितोला ४ बढेर बिहिबार प्रतितोला ५९ हजार ३ सयमा कारोबार भईरहेको छ । भने चाँदी ५ रुपैयाँ बढेर ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।