बैंकिङ खबर । सिटिजन्स बैंक इन्टनेशनलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न १५ पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले प्रादेशिक कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि उल्लेखित पदमा कर्मचारीको माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले अप्रिल ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
