बैंकिङ खबर । लगातार घट्दै गएको सुनको भाउ आज सोमबार एक्कासी बढ्न गएको छ । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । गत बिहिबार प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन लामो समयसम्म यथावत मूल्य कार्यम गरेको थियो तर सोमबार एक्कासी ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन पनि लामो समय सम्म सोही मूल्यमा कारोबार भएको थियो भने सोमबार ५९ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छ । चाँदी भने प्रतितोला ५ रुपैयाँ बढेर ७३० रुपैयाँमा कारोबार भईरहेको छ ।