बैंकिङ खबर । गणपति माइक्रोफाइनान्सले बैशाख ९ गतेदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गरेको छ। लघुवित्तले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो।
लघुवित्तले निष्काशन गर्ने ३ लाख ३५ हजार कित्ता शेयरमध्ये ३ लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। पाँच हजार १७५ कित्ता लघुवित्तका कर्मचारीहरुलाई र १६ हजार ७ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ।
आईपिओमा न्यूनतम १० देखि एक हजार ५ सय कित्तासम्म शेयर माग गर्न सकिन्छ। लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।