बैंकिङ खबर । आज बिहीवार सुनको मुल्य घटेको छ । आज छापावाल सुन तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले कमी आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनको भाउ तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।