Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आधारदर घटेपनि कर्जाको ब्याजदर बढ्यो

२०७६ बैशाख ४ गते

बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर भने बढाएका छन् । बैंकहरुले स्रोत अभावमा कर्जा प्रवाह नियन्त्रण गरेकाले ब्याजदर बढेको हो ।

नेपाल राष्ट्र बैंकले २०७४ फागुनमा ९१ दिने ट्रेजरी बिलसको भारित औसत ब्याजदर ४ दशमलव ७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३ दशमलव ५५ प्रतिशत कायम भएको जनाएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्यादर २०७४ फागुनको ४ दशमलव ८७ प्रतिशतको तुलनामा २०७५ फागुनमा ५ दशमलव १५ प्रतिशत कायम भएको छ । त्यसैगरी वाणिज्य बैंकहरुको औसत आधार दर २०७४ फागुनको १० दशमलाव ३६ पैतिशतको तुलनामा २०७५ फागुनमा ९ दशालव ६५ प्रतिशत कायम भएको छ । २०७५ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६ दशालव ६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशालव ३३ प्रतिशत छ ।

२०७५ फागुन मासान्त सम्म कुल १६५ वटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्रप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२३ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । कारोबारमा प्रकाशित समाचार ।

Ad