Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विदेशिने घटे, रेमिटेन्स बढ्यो

२०७६ बैशाख ४ गते

रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटे पनि नेपालले प्राप्त गर्ने रेमिटेन्समा भने उल्लेख्य वृद्धि भएको छ । । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालले पाँच खर्ब ८२ अर्ब रुपियाँ रेमिटेन्सबापत प्राप्त गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ महिनाको अवधिमा भने ३८.३ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ । नेपालीको प्रमुख श्रम बजारमध्येको मलेसियाका लागि लामो समयदेखि भिसा प्रक्रिया रोकिँदा त्यहाँ जाने नेपालीको सङ्ख्या बढ्न सकेको थिएन । यद्यपि पुनः श्रम स्वीकृतिका आधारमा विदेशिनेको सङ्ख्या भने ४.६ प्रतिशतले बढेको उल्लेख छ । गोरखापत्रमा प्रकाशित समाचार ।

Ad