बैंकिङ खबर । आयात प्रतिस्थापन गरि उत्पादनमुलक क्षेत्रमा लगानी बढाई निर्यातमुलक मजबुत अर्थतन्त्र बनाउने भनि रहेका बेला चालु आर्थिक वर्षको पहिलो ८ महिनामा भने पुरानै शैली देखिएको छ । जसमा निर्यातको तुलनामा आयात अत्यधिक देखिएको छ । साथै रेमिट्यान्सको वृद्धि र ब्यालेन्स अफ पेमेन्टमा देखिएको घाटाले यी कुरालाई पुष्टि गर्दछ । उत्तरी छिमेकि चीनसंग निर्यात व्यापारमा कमि आएको छ भने अलैची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक निर्यातमा पनि कमि आएको छ । त्यसै गरि विदेशी मुद्रा संचिति पनि घटेको छ । गत आर्थिक वर्षकोे असार मसान्तमा ११ खर्ब २ अर्ब विदेशी मुद्रा संचिति रहेकोमा फागुन मसान्तसम्ममा यो आंकडा १० खर्बमा झरेको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्यालाई दिर्घकालिन समाधान गरिने भनि मौद्रिक नीतिमै उल्लेख गरिए पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा देखिएको आक्रमकताले व्याज घटना सक्ने कुनै सम्भावना देखिदैन ।
नेपाल राष्ट्र बैंक
चालु आर्थिक वर्षको पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति (पुर्णपाठ सहित)
२०७६ बैशाख ३ गते