Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो

२०७६ बैशाख ३ गते

बैंकिङ खबर । चुक्ता पूँजी ६८ करोड ४३ लाख ९४ हजार रहेको फर्स्ट माइक्रोइफानान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएकोे छ। जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा २५ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको ९ महिनामा लघुवित्तले ७ करोड ३० लाख ७३ हजार मुनाफा कमाएको थियो ।

बचत तथा कर्जा
चैत मसान्तसम्मा लघुवित्तले ४ अर्ब ७५ करोड सापटीबाट ५ अर्ब १८ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा लघुवित्तको सापटी २५ दशमलव ६० प्रतिशतले बढी हो भने कर्जा ३४ दशमलव १८ प्रतिशतले बढी हो ।

ब्याज आम्दानी
चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १४ करोड ४९ लाख रुर्पैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा २० दशमलव ५१ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तल १२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
निस्क्रिय कर्जा अनुपात शुन्य रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९० पैसा, र मुल्य आम्दानी अनुपात (पिइ रेसियो) २१ दशमलव ३९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १ सय २७ रुपैयाँ ६५ पैसा रहेको छ ।

Ad