Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिने बिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

२०७५ चैत्र २७ गते

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बैंक ग्यारेन्टी पेस गरी सडक स्तरोन्नतिको रकम भुक्तानी लिने ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्ला प्र्राविधिक कार्यालय भोजपुरले उन्नती कार्यक्रम अन्र्तगत भोजपुर टक्सार गगने लेखर्क सडक स्तरोन्नतीका क्रममा नक्कली बैंक ग्यारेन्टी बनाउने कार्यालयका तत्कालीन प्र्रमुख सहित ६ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ ।
तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दाहाल, तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, ठेकेदार कम्पनीका प्रबन्धक निर्देशक माधवप्रसाद खनाल, वाईपी कन्सट्रक्सनका राजु श्रेष्ठ, रणधिर तुम्बा र देवजंग शाही विरुद्ध भ्र्रष्ट्राचार मुद्धा दर्ता भएको छ । उनीहरुले मिलेमतोमा करिब साढे ६ करोडको सडक निर्माण नगरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले तत्कालीन प्र्रमुख गिरीलाई १ करोड १० लाख ८० हजार रुपयाँ माग दावी सहित भ्रष्ट्राचार मुद्धा दर्ता गरेको छ । उनलाई भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा विगो कायम गरी भ्र्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम सजाय माग गरिएको छ । त्यस्तै अनियमिततामा जोडिएका लेखापाल दाहाल, शाखा अधिकृत ढकाल,ठेकेदार कम्पनीका प्र्रवन्ध निर्देशक खनाल र कन्सट्रक्सन कम्पनीका श्रेष्ठ विरुद्ध जनही १ करोड १० लाख ८० हजार रुपयाँ माग दावी गर्दै विशेष अदालतमा मुद्धा दर्ता भएको छ । ठेकेदार कम्पनीका अय दुई जना रणधीर तुम्बालाई ५५ लाख ३० हजार रुपयाँ र देवजंग शाहीलाई ५५ लाख ५ हजार माग दावी सहित मुद्धा दर्ता भएको छ ।

नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएको उजुरीपछि अनुसन्धान हुँदा एम.के.वाई.पी.जे.भी.को तर्फबाट दुई पटक नक्कली बैंक ग्यारेण्टी पेश गरी मोबिलाईजेसन रकम माग गरेको पाईएको थियो । भर्पाई नगरी कृषि विकास बैंक, मुख्य शाखा कार्यालय, रत्नपार्कबाट पेश भएको बैंक ग्यारेण्टीको बैधतासम्बन्धी कुनै शोधपुछ र पुष्टयाइ नलिई निर्माण कम्पनीका प्रतिनिधि तथा सञ्चालकहरुसँग मिलेमतो गरी सरकारी सम्पत्तिको हानिनोक्सानी पु¥याएको अभियोग छ । राज्यलाई हानी नोक्सानी पु¥याउने गरी लाभ लिने उदेश्यले नक्कली बैंक ग्यारेण्टीका आधारमा मोबिलाईजेसन रकम उपलब्ध गराई सरकारी सम्पत्तिको वदनियतसाथ हिनामिना, हानिनोक्सानी गरेको प्र्रमाण भेटिएपछि मुद्धा दर्ता गरेको अख्तियारको दावी छ ।

घुस लिने विरुद्ध मुद्धा दर्ता

अख्तियारले मंगलबार नै सेवाग्राहीसँग घुस लिदाँ लिदै ललितपुर महानगरपालिकाको कार्यालय, नक्सा शाखा, अमिन बिरेन्द्रबहादुर चन्द विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । स्थलगत नापजाँच गरी घररबाटो सिफारिस गर्ने कामका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा चन्दले २० हजार रुपयाँ घुस लिईसकेको अबस्थामा उपमहानगर परिसरबाट पक्राउ गरिएको थियो । राजधानीमा प्रकाशित समाचार ।

Ad