बैंकिङ खबर । नेपालमा लघुवित्तको बर्तमान अवस्था र व्यवसायिक सफलताका विषयमा लघुवित्तकर्मिहरुबीच छलफल तथा अन्तरक्रिया भएको छ । फस्र्ट माइक्रोफाइनान्सले आठमाडौंमा आयोजना गरेको सेमिनारमा नेपालमा लघुवित्तले गर्दे आएका गतिविधिका विषयमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत र नायब प्रमु्ख कार्यकारी अधिकृतहरुबीच छलफल भएको थियो ।
सेमिनारमा फस्र्ट माइक्रोफाइनान्स र साझेदार लघुवित्तका प्रमुख तथा नायब प्रमुखहरु र नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका प्रमुख सहभागी रहेका थिए । कार्यक्रममा राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका प्रमुख जनकबहादुर अधिकारीले लघुवित्तहरुको व्यवसायिक सफलताका लागि आवस्यक सुत्रहरुका विषयमा प्रस्ट पारेका थिए ।