Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूँजी बजारमा पनि बाहय लगानी

२०७५ चैत्र २२ गते

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक र बिमा क्षेत्रसँगै पुँजी बजारमा पनि वाह्य लगानी आवश्यक रहेको बताएका छन् । दक्षिण एसियाली लेखा व्यवसायीहरूको संगठन साफाले आयोजना गरेको सम्मेलनको बिहीबार उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, “बैंकिङ र बिमा क्षेत्रमा अहिले पनि विदेशी लगानी आइरहेको छ, अबका दिनमा वित्तीय र मौद्रिक उपकरण विस्तारका लागि पनि पुँजी बजारमा कुनै न कुनै हिसाबले विदेशी आवश्यक छ ।” 

पुँजी बजारको विस्तार दक्षिण एसिया पछाडि देखिएको भन्दै बैंकिङ र बिमासँगै पुँजी बजारमा पनि विदेशी लगानीकर्तालाई खुला गरिँदै लैजानुपर्ने बताउँदै उनले भने, “नेपालसहित दक्षिण एसियाका देशहरूमा हरेक क्षेत्रमा लगानीको सम्भावना छ, नेपालमा स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि धेरै सुधारको काम भएको छ ।” लगानी आकर्षणको लागि कानुनी, संरचनागत र व्यावहारिक सुधारको आवश्यकता पर्ने बताउँदै अर्थमन्त्री खतिवडाले नेपालले तीनै पक्षमा सुधार गरेको जिकिर पनि गरे । 

अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानी आकर्षित गर्न भौतिक र बौद्धिक सम्पत्ति सुरक्षणका बलिया आधार तयार हुनुपर्ने उल्लेख गर्दै भने, “आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि आन्तरिकसँगै बाह्य लगानी आवश्यक पर्ने भएकाले लगानी सम्मेलनमार्फत विदेशी लगानीकर्ताहरूलाई लगानीको वातावरणबारे जानकारी गराइसकेका छौं, यसबाट पनि वाह्य लगानी भिœयाउने वातावरण बनेको छ ।”

महालेखापरीक्षक टंकमणि शर्माले अहिलेको अवस्थामा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कमजोरी सच्याएर व्यवस्थित गर्नुपर्ने बताए । बिहीबारदेखि तीन दिनसम्म चल्ने साफा सम्मेलनमा शुक्रबार साफा विभिन्न समितिको बैठक राखिएको छ भने शनिबार बोर्ड बैठकपछि सकिने आयोजकले जनाएको छ । 

कारोबारमा प्रकाशित समाचार ।

Ad